अण्डाभित्र खैरो हिरोइन लुकाएर ल्याएको अवस्थामा दुईजना पक्राउ

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | मध्यान्ह १२:११ बजे

झापा, फागुन ५ । झापामा कुखुराको अण्डाभित्र लागुपदार्थ ल्याउदै गरेको अवस्थामा दुईजना पक्राउ परेका छन् ।
बिहिबार अपरान्ह नेपाल प्रहरी र लागुपदार्थ नियन्त्रण ब्युरोको संयुक्त टोलीले नेपाल भारत सिमानाको मेची पुलबाट झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ बस्ने ऐतराज इवा र प्रकाश खातिलाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकिरहेको अण्डाभित्र प्लास्टिकमा पोको पारेको अवस्थामा खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।





