करिष्मा मानन्धरको उजुरीमा डिल्लीराम खनाल पक्राउ

नवलपुर टुडे
२०७९ फाल्गुन ५ | मध्यान्ह १२:११ बजे

काठमाडौं, फागुन ५ । अभिनेत्री करिष्मा मानन्धरको उजुरीको आधारमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।
आफूलाई मानहानी गरेको भन्दै अभिनेत्री करिष्माले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा डिल्लीराम विरुद्ध उजुरी दिएकी थिइन् । न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीरामले करिष्मा अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए । उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन् ।
खनाललाई थप अनुसन्धानको लागि अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ ।





