देश

    अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

    नवलपुर टुडे
    २०७९ फाल्गुन ५ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन ५ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

      २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

      बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।

      निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

      सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।

        कमेन्टहरु