कर्णाली प्रदेश

    पत्रकार महासंघ कालीकोटद्वारा बुहारी पत्रकारिता पुरस्कार प्रदान

    नवलपुर टुडे
    २०७९ फाल्गुन ४ | मध्यान्ह ०६:११ बजे

      मानबहादुर बिश्वकर्मा
      कालिकोट, फागुन ४ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटले छोरी बुहारी पत्रकारिता पुरस्कार रेडियोकर्मी प्रिमा कुमारी बिश्वकर्मा (प्रेरणा) लाई प्रदान गरेको छ ।

      सामुदायिक रेडियो प्रदेश आवाज एफएम कालीकोटमा कार्यरत सञ्चारकर्मी प्रिमा कुमारी बिश्वकर्मालाई बिहीवार एक कार्यक्रमकाबीच पाँच हजार नगदसहित सम्मान पत्र पुरस्कार प्रदान गरिएको हो ।

      दुर्गम क्षेत्रमा पत्रकारिता गर्नु पर्दाका पिढाहरूमा अझै छोरी बुहारीलाई काम गर्न निकै चुनौती हुँने गरेको छ । बालबच्चा साथमा राखेर काम गर्दाका समस्यालाई दृष्टिगत गर्दै बिश्वकर्मालाई पुरस्कार प्रदान गरिएको हो । पत्रकारिता क्षेत्रमा अझै जोस जागर बढोस र यो क्षेत्रमा छोरी बुहारी टिकाउनका साथै स्थापित गराउन यो पुरस्कार महासंघले राम्रो निर्णय गरेको महासंघका पूर्व अध्यक्ष तुलराम पाण्डेले बताए ।

      यस्तै पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार कालीबहादुर मल्लले छोरी बुहारी पत्रकारीता पुरस्कार प्रदानप्रति धन्यवाद ज्ञापन गरे । यस्ता पुरस्कार र प्रोत्साहनले पत्रकारिता पेसा थप बलियो हुँने मल्लले बताए ।

      पुरस्कार प्रदान कार्यक्रममा महासंघका अध्यक्ष भरतराज बिस्टले छोरा छोरी बोकेर काखमा राखेर पत्रकारिता गर्दाका पिढालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरेको बताए ।
      कालीकोटमा सञ्चार माद्ययमको बढ्दो बिकासँगै छोरी बुहारी अक्षकोषको समेत स्थापना गरेको बताए ।
      पुरस्कृत भएकी पत्रकार प्रिमा बिश्वकर्माले यो पेसामा दुख सुख जे जस्ता आएपनि यो सम्मानले पेसामा थप जोस जाँगर सँगै थप हौसला प्रदान भएको बताइन ।

      कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य, कर्ण बिश्वकर्मा, प्रेस युनियनका उपाध्यक्ष पुष्पराज भट्टराई, पत्रकार किरण अधिकारी लगायत महासंघका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव खडानन्द अधिकारीले गरेका थिए ।

        कमेन्टहरु