देश

    नेपालगंजबाट नक्कली नोटसहित तीन जना पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन ४ | मध्यान्ह ०५:११ बजे

      बाँके, फाल्गुन ४ । नेपालगंजबाट प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर – ११ का ३२ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद – ३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपिण्डे – ५ का ३० वर्षीय मोहन राना रहेका छन् । 

      उनीहरुलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र बाँकेबाट खटिएको टोलीले नेपालगन्ज न्यूरोडबाट मंगलबार पाँच लाख ६९ हजार रूपैयाँ नेपाली नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

      बिहीबार पत्रकार सम्मेलन गर्दै बाँके प्रहरीका डिएसपी रामप्रसाद घर्तीले उनीहरूबाट एक हजारका ५ लाख ६९ हजार नक्कली नोट बरामद गरिएको बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए

      गत माघ पहिलो साता पनि प्रहरीले नेपालगन्जको होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट बरामद गरेको थियो ।

        कमेन्टहरु