समाचार

    नेपालबाट लगिएको शालिग्रामबाट भारतमा रामको मूर्ति नबन्ने

    नवलपुर टुडे
    २०७९ फाल्गुन ४ | मध्यान्ह ०१:११ बजे

      काठमाडौं, फागुन ४ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ । शन्त तथा विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो ।

      शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना, हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ । सोही कारण अब अयोध्यामा कालीगण्डकीको शालिग्रामको सट्टामा सगमर, ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ ।

      राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उद्धृत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।

      सोही विवादको फलस्वरुप नेपालको शालिग्रामबाट मूर्ति नबन्ने भएको हो ।

        कमेन्टहरु