समाचार

    नवनियुक्त तीन कुलपतिले लिए पद तथा गोपनियताको सपथ

    नवलपुर टुडे
    २०७९ फाल्गुन ४ | बिहान १०:११ बजे

      काठमाडौं, फागुन ४ । नवनियुक्त ३ जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त ३ कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

      नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली सपथ लिएका हुन् । 

      सो अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

        कमेन्टहरु