नवलपुरको मदरबाबा मन्दिरमा पुजापाठ गर्न जाने क्रममा लडेर एक महिलाको मृत्यु

नवलपुर टुडे
२०७९ फाल्गुन ४ | बिहान ०९:११ बजे

नवलपुर, फागुन ४ । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका – ६ नाकडाँडाँस्थित मदरबाबा मन्दिरमा पुजापाठ गर्न जाने क्रममा बाटोमा लडेर एक महिलाको मृत्यु भएको छ ।
गएराती करिब साढे १२ बजेतिर भारतको महाराजगंजस्थित नारायणपुर गाउँ बस्ने जमालु दिन अनसारीको श्रीमति अन्दाजी ४५ वर्षीय कमिरुन निसाको बाटोमा अचानक लडि मृत्यु भएको हो ।
उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक गोपाल चालिसेको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिगएका थिए । मृतक निसाको साथमा उनको श्रीमान र छोरी रहेको प्रहरीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





