अर्थ, मधेश प्रदेश, समाचार

    पर्सा ट्राफिक प्रहरीद्वारा एक महिनामा ३७ लाख राजस्व संकलन गर्न सफल

    रंजित चौरसिया
    २०७९ फाल्गुन ३ | मध्यान्ह ०३:११ बजे

      वीरगंज ३ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले माघ महिनामा ३७ लाख राजस्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले जनाए अनुसार ३५ सय सवारी साधनलाई कारवाही गरी ३७ लाख राजस्व संकलन गर्न सफल भएको जनाएको हो ।

      माघ महिना भित्र १८ वटा सवारी दुर्घटना, दुर्घटनामा एक जनाको मृत्यु २७ जना घाइते भएको ट्राफिक प्रहरी निरीक्षक ध्रुव दहालले जानकारी दिदै सवारी चालक अनुमतिपत्र चेकजाच, ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट ३७ लाख राजस्व संकलन गरिएको बताए । उनका अनुसार वीरगंज तथा पर्सा जिल्लाको बिभिन्न क्षेत्रहरुमा हेलमेट प्रयोग नगर्ने तथा चालक अनुमति पत्र नलिएको सख्या बढेको समेत जिकिर गरे ।

      पर्सा जिल्लाको सुख्खाबन्दरगाहबाट नेपाल भित्रिने सवारी साधनहरु ओभर लोड गरी नेपाल भित्रयाउने गरेको समेत, दहालले बताए । ओभर लोड गरी नेपाल भित्रयाउने सवारी साधनमा समेत कडा निगरानी बढाउनुको साथै कानुनी दायरामा ल्याई राजस्व संकलन गरिएको बताउनु भयो । पर्सा जिल्लाको बिभिन्न ठाउहरुमा ट्राफिक प्रहरी परिचालन गरी सवारी दुर्घटना न्यूनिकरणमा लागि परेको समेत प्रहरी निरीक्षक ध्रुव दहालले जानकारी दिनुभयो ।

        कमेन्टहरु