कपिलवस्तुको लालपुरमा आधारभुत पत्रकारिता तालिम सुरु


नन्द किशोर कुर्मी
विजयनगर, फागुन ३ । कपिलवस्तुको शिवराज नगरपालिका – १० लालपुरमा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । चिन्तास मिडिया नेटवर्क प्राली कपिलवस्तुको आयोजना र वडा नं १० को सहयोगमा मंगलबारबाट तीन दिने पत्रकारीता तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन लोसपा केन्द्रीय सदस्य रविदत मिश्राले गरेका छन् । मिश्राले पत्रकारीताको मुल्य मान्यतामा रहेर पत्रकारीता गनुपर्ने बताएका छन् । उनले पत्रकारीता समाजको ऐना भएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् ।
वडा अध्यक्ष मन्जु मिश्राले पत्रकारीता तालिमबाट नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यत गरेकी छिन् । अध्यक्ष मिश्राले सिकेको सिप व्यवहारमा ल्याउने गरी प्रशिक्षण लिन समेत सुझाएकी छिन् । कार्यक्रम चिन्तास मिडिया नेटवर्क प्रालीका अध्यक्ष चिन्ता परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै कार्यक्रमको संचालन माधव वेल्वासेले गरेका थिए । तालिमको सहजीकरण पत्रकार महासंघका सहसचिव संजीव गहतराज र कपिलवस्तु प्रेस डट कमका संचालक प्रिन्स मिश्राले गरेका थिए ।





