देश

    जोमसोमबाट पोखरा जाँदै गरेको बस दुर्घटना, ४ जना गम्भीर घाइते

    असिम कामु
    २०७९ फाल्गुन ३ | बिहान ११:११ बजे

      मुस्ताङ, फागुन ३ । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । बुधबार बिहान ८:३० बजेको समयमा मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित धम्पुमा बस दुर्घटना भएको हो ।

      जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको बस बेनी–जोमसोम सडकखण्डअन्तर्गत धम्पुस्थित सडकबाट करिब ५४ मिटर तल कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

      बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइतेहरुको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

      बस दुर्घटनाको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेर उद्दारमा खटिएको थियो ।

        कमेन्टहरु