१५८ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

नवलपुर टुडे
२०७९ फाल्गुन ३ | मध्यान्ह ०१:११ बजे

हेटौंडा, फागुन ३ । मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेबाट प्रहरीले ट्रकसहित १ सय ५८ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
गएराति सशस्र प्रहरी बल पोष्ट कत्लेखोलाको गस्ती टोलीले रोकिराखेको ना. ६ ख ४५२० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा क्याबिनबाट १ सय ५८ किलो (१२) वटा पोकामा गाँजा बरामद गरेको हो ।
प्रहरीले ट्रकको चालक र सहचालकको खोजी गर्ने क्रममा गएराति नै सोही स्थाननजिकैबाट सहचालक थाहा नगरपालिका- ३ गोपाली गाउँ बस्ने १८ वर्षीय विशाल गोपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार ट्रक जिल्लाकै थाहा नगरपालिकाबाट मनहरी आएको थियो । तर, गाँजा कहाँ लगिएको खुलेको छैन । ट्रकका चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।





