खेलकुद

    नामिवियाविरुद्ध नेपालको कीर्तिमानी जित

    नवलपुर टुडे
    २०७९ फाल्गुन २ | मध्यान्ह ०६:११ बजे

      काठमाडौ, फाल्गुन २ । आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले कीर्तिमानी जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा नामिवियालाई दुई विकेटले हराउँदै नेपालले जित दर्ता गरेको हो । 

      कुशल भुर्तेलको शतकीय पालिको मद्धतले १४ बल बाँकी छँदै २ सय ८६ रनको विशाल लक्ष्य पूरा गर्दा नामिविया पहिलो पटक लिग २ मा नेपालसँग स्तब्ध हुनपुग्यो । एकदिवसीय क्रिकेटमा नेपालले पूरा गरेको यो अहिलेसम्मकै उच्च लक्ष्य हो । 

      नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन जोड्दा अलआउट भएको थियो । नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए । सन्दीप लामिछानेले ३ विकेट लिए ।

        कमेन्टहरु