यातायात कार्यालय जनकपुरमा भ्रष्टाचार रोक्न सांसद ठाकुरको आग्रह

नवलपुर टुडे
२०७९ फाल्गुन २ | मध्यान्ह ०३:११ बजे

जनकपुरधाम । मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठकमा नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले सम्बोधन गर्दै जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न माग गरेका छन् ।
उनले भने,’जनकपुर यातायात कार्यालयमा ७७ वटै जिल्लाका मान्छे वारी चालक अनुमति पत्र लिन आउँछन् । यातायात कार्यालयको डाटा हेर्दा महिनामा ५ हजार लाइसेन्स वितरण भइरहेको छ । यो ५ हजार लाइसेन्समा करिब १० करोड भ्रष्टाचार भएको होला ।’ उनले जनकपुर यातायात कार्यालयबाट परीक्षा पास गरेरभन्दा पनि २० हजार रुपैयाँमा लाइसेन्स पाउने गरेको बताए । यसलाई रोक्न प्रदेश सरकारसँग उनले आग्रह गरेका छन् ।
संघीयता लडेर लिइएको भन्दै उनले संघीयताको अनुभूति हुनेगरी काम गर्न सरकारसँग आग्रह गरे ।





