देश

    धादिङबाट चितुवाको छालासहित दुईजना पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

      धादिङ, फागुन २ । धादिङको थाक्रे गाउँपालिका– २ बाट चितुवाको छालासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ  ।

      मकवानपुरको कैलाश गाउँपालिकादेखि धादिङको महादेवबेँसीतर्फ आउने आग्रा–मोरिया सडकखण्डमा चितुवाको सिंगो छालासहित कैलाश गाउँपालिका– १ चापाखर्कका ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

      चितुवाकाे छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक डबलबहादुर बमको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चितुवाको सिंगो छालासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

      संरक्षित चितुवाको छालासहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु