देश

    दैलेखमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

    नवलपुर टुडे
    २०७९ फाल्गुन २ | मध्यान्ह ०१:११ बजे

      दैलेख, फागुन २ । दैलेखमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

      गुराँस गाउँपालिका–८ माथिल्लो गर्चाका २७ वर्षीया पार्वती बिसीको हत्या गरेको आरोपमा २८ वर्षीय श्रीमान कृष्णबहादुर खड्कालाई गएराति प्रहरीले पक्राउ गरेको हो । सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको आग्लोले टाउकोमा हिर्काउदा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      प्रहरीका अनुसार उनीहरु दुवै जना अशक्त थिए । पति बोल्न नसक्ने र कान नसुन्ने तथा पत्नी सुस्त मनस्थितीका थिए ।जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले कृष्णलाई पक्राउ गरेको हो ।

        कमेन्टहरु