माडीको विकासमा सञ्चारको भूमिका विषयक अन्तर्क्रिया

नवलपुर टुडे
२०७९ फाल्गुन २ | बिहान १०:११ बजे

माडी । १२औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो माडीको आयोजनामा ‘माडीको विकासमा सञ्चारको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माडी नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष गणेश घतानेको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति रामबन्धु पोख्रेल, पत्रकार नारायण सापकोटा, रेडियो माडी सञ्चालक समितिका सदस्य बलबहादुर परियार, वाइसिएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरु, माडी नगरपालिका पशुपक्षी शाखाका प्रमुख डा। रविन बस्ताकोटी, कृषि शाखाका प्रमुख किरण उपाध्याय, माडी नगरपालिका कार्यपालिका सदस्य सीता सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सामुदायिक रेडियो माडीका अध्यक्ष ओवनाथ पाण्डेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।





