यातायात मजदुरको आन्दोलन स्थगित

नवलपुर टुडे
२०७९ फाल्गुन २ | बिहान १०:११ बजे

काठमाडाैँ । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।
आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र मजदुर राजी भएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।
मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् ।





