नवलपुरमा विष सेवनबाट एक पुरुष गम्भीर घाईते

नवलपुर टुडे
२०७९ फाल्गुन १ | बिहान ११:११ बजे

नवलपुर, फाल्गुन १ । नवलपुरमा विष सेवन गरी एक जना गम्भीर घाईते भएका छन । विष सेवन गरी घाईते हुनेमा गैंडाकोट नगरपालिका – १२ का ३५ वर्षीय यमराज महतो रहेको छ ।
उनले आइतबार तरकारी खेतीमा प्रयोग हुने लारा ९०९ विषादी सेवन गरी घाईते अबस्थामा भेटी उद्दार गरी उपचारको लागी चितवन भरतपुरस्थित मनकामना अस्पतालमा पुर्याईएको हो । उनको सोही अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोष्ट वेल्डिहाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
उनले के कारणले विष सेवन गर्यो खुल्न सकेको छैन । सो बारेमा अनुसन्धान भैइरहेको प्रहरीले बताए । उनको दुई छोरा छोरी र श्रीमती छन ।





