देश

    विराटनगर भन्सार कार्यालयका सुरक्षागार्ड गिरीको भारतीय गाडीको ठक्करबाट मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ २९ | बिहान ११:१० बजे

      विराटनगर, माघ २९ । विराटनगर भन्सार कार्यालय (आईसीपी) मा सुरक्षागार्डको रुपमा कार्यरत एक जनाको भारतीय नम्बरको लरीको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगरपालिका–१३, चारआलीका ४५ वर्षीय राजन गिरी रहेका छन् । 

      प्रहरीकाअनुसार गएराती भन्सार कार्यालय नजिकै उनी सवार मे १० प ९१६१ नम्बरको स्कुटरलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लरीले ठक्कर दिएको थियो । ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

      गिरीको शव पोस्टमार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको र चालकको खोजी भईरहेको प्रहरीले जानकारी दिए । 

        कमेन्टहरु