तीन नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड

नवलपुर टुडे
२०७९ माघ २९ | बिहान ०७:१० बजे

काठमाडौँ,माघ २९ । तीनजना नेपाली महिला वैज्ञानिकले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय सुभांगी सुवेदी दाहाल र सुप्रिया शर्मा ‘अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) अवार्ड–२०२२’ बाट सम्मानित भएका हुन् । अवार्डको राशि ५०/५० हजार अमेरिकी डलर (करिब १ करोड ३१ लाख रुपैया) छ ।
सुवेदी त्रिचन्द्र क्याम्पस र शर्मा त्रिवि माइक्रोबायोलोजी केन्द्रीय विभागका उपप्राध्यापक हुन् । त्यस्तै, सेन्टर फर नेचुरल एन्ड एप्लाइड साइन्सेस (सीईएनएएस) की अनुसन्धानकर्ता बबिता पौडेल भट्टराईले ३० हजार युरो बराबरको ‘हम्बोल्ड रिसर्च अवार्ड’ पाएकी हुन् ।





