भालुको आक्रमण बढेसंगै अर्घाखाँचीमा स्थानीयलाई सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयको आग्रह


भावना मगर
अर्घाखाँची, माघ २८ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले शितगंगा नगरपालिकामा जंगली जनावर भालुको आक्रमण बढेकाले स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले शितगंगा नगरपालिकामा भालुको आक्रमण बढेकाले स्थानियलाई सुरक्षित रहन आग्रह गरेको हुन ।
केहि दिन देखि शितगंगाको बिभिन्न क्षेत्रमा भालुको आक्रमणबाट स्थानीय घाईते हुने क्रम बढेकाले जंगलमा घाँस दाउरा तथा दैनिक कामकाजमा जाँदा एक्लै नजान प्रहरीले शनिबार आग्रह गरेको हो ।
शुक्रबार मात्रै शितगंगामा भालुको आक्रमणबाट २ जना घाइते भएका थिए । घाईतेहरुको उपचार भैइरहेको छ ।घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बिगतमा पनि जिल्लाका बिभिन्न स्थानमा चितुवाको आक्रमणबाट मानिसको मूत्यू समेत भएको हुँदा सचेत रहन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ ।






