देश

    तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ २८ | मध्यान्ह ०२:१० बजे

      दमौली, माघ २८ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मीनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

      डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

      बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

        कमेन्टहरु