देश

    अर्घाखाँचीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई गम्भीर घाईते

    नवलपुर टुडे
    २०७९ माघ २८ | मध्यान्ह ०२:१० बजे

      भावना मगर
      अर्घाखाँची, माघ २८ । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका – ८ अरबकाबाट दाउरा लिन जादै गरेको लु.२त.९२७१ न.को ट्याक्टर ब्रेक फेल भई सौर्य खोला तल्लो ब्यङ्दीमा दुर्घटना भएको हो ।

      मृत्यु हुनेमा पाणिनी गाउँपालिका- ८ गैनडाँडाका १८ वर्षिय हुम बहादुर कुमाल रहेको छ । उनलाई उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएकोमा डाँक्टरले मृत घोषणा गरेका हुन ।

      दुर्घटनामा ट्याक्टर चालक २२ वर्षिय चाम बहादुर कुमाल र ३९ वर्षिय शंकर बहादुर कुमाल गम्भिर घाइते भई उनीहरुलाई थप उपचारका लागी पाल्पाको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

      ट्याक्टर सडकबाट १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

        कमेन्टहरु