समाचार

    झापामा हात्तीका लागि आफैले थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ २८ | बिहान ०८:१० बजे

      झापा, माघ २८ । झापामा हात्तीबाट जोगिन घरअगाडि आफैँले थापेको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।

      हात्तीलाई थापेको विद्युतीय धरापबाट करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।

      गएराति पिसाब फेर्न निस्किँदा करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु