पश्चिम नवलपरासीको रामग्राममा रहेको नापी कार्यालयबाट सेवा लिन आउने सेवाग्राही अन्योलमा


नवलपरासी, माघ २८ । पश्चिम नवलपरासीको रामग्राममा रहेको नापी साखामा सेवा लिन आउने सेवाग्राही अन्योलमा पर्ने गरेका छन् । यसबारे पटक पटक समाजिक संजालमार्फत ध्यानाकर्षण गराउदा पनि स्थानिय सरकार र नापी साखाका प्रमुख आँखा चिम्लेको सेवाग्राहीहरु बताउँछन् ।
सेवाग्राहीहरुको भनाईअनुसार कार्यालय बिहानको १० बजे खुल्छ तर काम लगभग ११ बजेबाट सुरु हुन्छ तै पनि विभिन्न बिभागमा बस्ने कर्मचारी समयमा न आउदा पुरै दिन बस्न बाध्य हुने र समय विपरीत कार्यालय संचालन भइरहेको छ ।
आफ्नो हरेक काम छोडेर सम्पूर्ण वर्गका सेवाग्राहीहरु कार्यालयमा आवस्यक कामको सिलसिलामा जाने गर्छन । तर उक्त नापि कार्यालयमा जो पैसावाल छ, उसको काम छिटो र गरिबलाई दिन, समय टार्दै गर्छन् ।कार्यालयका प्रमुख र केही कर्मचारीहरुले भोलि पर्सि भन्दै एक सेवाग्राही बिगत केहिदिन देखि कुर्दापनि काम नभएको गुनासो समेत पोखेका छन् ।
यो कार्यालय पहिलाको ठाउबाट सारेर अहिले बालगोबिन्द पेट्रोल पम्पको साईड मेन हाईवेमा राखिएको छ । पुरानो ठाउँमा सेवाग्राहीको चाप बढी हुने हुँदा सवारी साधन तथा सेवाग्राहीसमेत उभिने समस्याको कारणले अहिले फराकिलो स्थानमा सारिएको हो ।
यो भिडियो दुई दिन अगाडि अर्थात माघ २५ गते पश्चिम नवलपरासीको सदरमुकाम परासिमा अवस्थित नापी कार्यालयको हो । यो भिडियो दिनको ३:४८ मा बनाईएको हो । हामि सबैलाई थाहै छ कार्यालय समय ५ बजेसम्म हो तर ३:४८ मै यहाँ अफिसमा कोहि कर्मचारी थिएनन् ।
यो कुरा एक पटकको होइन यस बारेमा पहिला पनि अनेकौं सेवाग्राहीहरुले हामीलाई जानकारी गराएका थिए । यतिकै कर्मचारीलाई आम जनताले गाली गर्दैनन् । यस्तै अनुशासनहीन र गैर जिम्मेवार कर्मचारीहरुको कारणले मेहनती र इमान्दार कर्मचारीहरुको समेत बदनाम हुने गर्दछ ।





