देश

    माओवादी केन्द्रको नाम र चुनाव चिह्न फेर्न सुझाव माग

    नवलपुर टुडे
    २०७९ माघ २८ | बिहान ०७:१० बजे

      काठमाडौँ, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ । कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो ।

      माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

      बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ । तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भई नसकेको पार्टी कार्यालय सचिव उपाध्यायको भनाइ छ ।

      सङ्गठन विभागको लिखित प्रस्तावमा नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव छ । उनले पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय तल्ला समितिसम्म बहस हुने र दुई महिनापछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलपछि जरुरी भए निर्णय गर्न पनि सकिने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

        कमेन्टहरु