समाचार

    कुमारी आमा निहारिका र शिवराजले गरे विबाह

    नवलपुर टुडे
    २०७९ माघ २७ | मध्यान्ह ०३:१० बजे

      जनकपुरधाम । निहारिका सिँह राजपुत र शिवराज श्रेष्ठले जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह गरेका छन् । उनलाई कुमारी आमा भनेर चिनिन्छ । उनीहरुले हिन्दु परम्परा अनुसार, विहिबार जानकी मन्दिरमा गएर वैवाहिक बन्धनमा बाँधिएका हुन् ।

      कुमारी आमा भनेर चिनिने निहारिका सिँह राजपुतले आफ्नै श्रीमान शिवराजमाथि बलात्कारको मुद्दा दायर गरेकी थिइन् । निहारिकाले जन्माएको छोरा शिवराजकै रहेको डिएनएबाट पुष्टि भएको थियो । दुवैको सम्बन्धबाट जन्मेको छोराको भिडियो कलबाट निहारिका र शिवराजलाई पुनः जोडिएको छ ।

      दुवै जनाबीच असमझदारी हुँदा छुटिएपछि निहारिकाले शिवराजलाई बच्चाको बाउ कायम गर्न काठमाण्डौसम्म आन्दोलन गरेकी थिइन् । विहिबार शुभ साईत देखेर उनीहरुले विवाह गरेका हुन् । उनी दुवै जनाको कानुनी उमेर पुगेपछि विवाह गरेको बताइएको छ ।

        कमेन्टहरु