मधेश प्रदेश

    तस्करीको संजाललाई सक्रिय बनाउन आईजीपिको दुत वीरगंजमा प्रस्थान

    नवलपुर टुडे
    २०७९ माघ २६ | मध्यान्ह ०७:१० बजे

      बारा, माघ २६ । करिब २ महिनादेखी बन्द रहेको तस्करीको लाइन संचालन गर्न आईजीपिको दुत पर्सामा प्रस्थान गरेको समाचार प्रकाशमा आएको छ । चैत्र मसान्तमा निस्किने प्रहरी निरीक्षकहरुको सरुवालाई बेवास्ता गर्दै वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्ललाई सरुवा गर्दै आफ्नो दुत परिचालन गरेको बारे व्यापक चर्चाको बिषय बनेको छ ।

      करिब १० महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरी किर्तिमान हासिल गर्न सफल भएका प्रहरी निरीक्षक बिशाल मल्ललाई आईजीपि धिरज प्रताप सिंहले आफ्नो मनमौजी पाराले हटाई आफ्नो दुतलाई पठाएको बारे व्यापक चर्चाको बिषय बनेको हो । पर्साको एसपी सोमेन्द्र सिंह राठौर हुदा प्रहरी नायब निरीक्षक पदमा सादा पोशाकमा खटिरहेका बिदुर शिवाकोटीले तस्करीको लाइन मिलान गर्ने गरेका थिए । तस्करीको लाइन मिलान गरे वापत अकुत सम्पती कमाउन सफल भएका शिवाकोटी हालको समयमा प्रहरी निरीक्षक पदमा बहाल भई पुनः वडा प्रहरी कार्यालय बिर्तामा आउन सफल भएका छन ।

      आईजीपि धिरज प्रताप सिंहको बिश्वासिलो पात्रको रुपमा चिनिएका प्रहरी निरीक्षक शिवाकोटीले आर्थिक भागबन्डाको प्रलोभनमा परी वडा प्रहरी कार्यालय बिर्तामा आउन सफल भएका छन । एक जना प्रहरी श्रोतका अनुसार वडा प्रहरी कार्यालय बिर्तामा बिहिवार हाजिर भएकै दिन तस्कर संगठनका मुख्य नाइकेले नै स्वागतको कार्यक्रम राखेको समेत जनाएका छन । उनका अनुसार तस्कर संगठन संग सहकार्य नभएको भए आएको दिन नै तस्कर संगठनले स्वागत गर्नु प्रहरी संगठनको लागि दुर्भाग्यको बिषय रहेको बताए । उनका अनुसार वडा प्रहरी कार्यालय बिर्तामा हाजिर भएकै दिन तस्कर सम्राज्यको बधाई दिने लर्को नै लागेको आरोप लगाए ।

      आईजीपि धिरज प्रताप सिंहको दुतको रुपमा चिनिने प्रहरी निरीक्षक शिवाकोटीलाई तस्कर सम्राज्यले बधाई दिने लर्को देखेर अगामी दिनमा तस्करीको लाइन संचालनमा आउने प्रष्टै बुझन सकिन्छ । चैत्र ११ गते आईजीपि धिरज प्रताप सिंहको अवकाश हुन अगावै आफ्नो दुतहरुलाई परिचालन गर्न थालिएको यो घटना मात्र एक उदाहारणको रुपमा लिन सकिन्छ ।

        कमेन्टहरु