सुदुरपश्चिम प्रदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहलाई नियुक्त गर्ने तयारी 

    नवलपुर टुडे
    २०७९ माघ २६ | मध्यान्ह ०७:१० बजे

      धनगढी, माघ २६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी गरिएको छ ।

      गत पुस २७ गते मुख्यमन्त्री बनेका एमाले नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । प्रदेश सभाको ठूलो दलको नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागिएको स्रोतले जनाएको छ । 

      विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए । सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र गरी जम्मा ५३ सांसद छन् ।

        कमेन्टहरु