पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

नवलपुर टुडे
२०७९ माघ २६ | मध्यान्ह ०४:१० बजे

पोखरा, माघ २६ । पोखराको पृथ्वी चोकमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
पोखराको बुद्ध चोकबाट पृथ्वी चोक आउँदै गरेको ग १५ प २५७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीय रेजिना आचार्यको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पतालमा पुर्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





