देश

    सरकारले टर्कीमा तत्काल राहत सामग्रीमात्रै पठाउने

    नवलपुर टुडे
    २०७९ माघ २६ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ २६ । नेपालले टर्कीमा तत्काल राहत सामग्रीमात्रै पठाइने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले तत्काललाई औषधि र राहत सामग्री मात्रै पठाउने निर्णय गरेको हो । 

      प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलका अनुसार टर्की सरकारकै अनुरोधमा तत्काललाई मेडिकल सामग्री र राहत सामग्री पठाउन लागिएको हो । राहत सामग्री पुर्‍याएर फिर्ता हुनेगरी परराष्ट्र मन्त्रालय नेतृत्वको टोली त्यसतर्फ जानेछ । 

      आज र भोलिमा मेडिकल सामग्री, न्यानो कपडालगायतका राहत संकलन तथा प्याकिङ गर्ने र सम्भवत पर्सि टोली टर्कितर्फ प्रस्थान गर्ने पोख्रेलले बताए ।

        कमेन्टहरु