समाचार

    सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    नवलपुर टुडे
    २०७९ माघ २६ | बिहान ०७:१० बजे

      काठमाडौं, माघ २६ । सशस्त्र प्रहरी बल नेपालका ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरिएको छ ।

      बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका चार सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।

      बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव नारायणदत्त पौडेलले जानकारी दिए ।

      बढुवा सिफारिसको पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ, दोस्रोमा अन्जनी कुमार पोखेल, तेस्रोमा दीपेन्द्र शाह र चौथोमा पुरुषोत्तम थापा रहेका छन् ।

      photo 2023 02 09 07 06 57

        कमेन्टहरु