पूर्वी नवलपरासीबाट बेवारिसे अवस्थामा तीन बोरा कपडा बरामद

नवलपुर टुडे
२०७९ माघ २५ | मध्यान्ह ०९:१० बजे

नवलपरासी, माघ २५ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका – १५ गडारखोलाबाट प्रहरीले बेवारिसे अवस्थामा तीन बोरा कपडा बरामद गरेको छ ।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट खटिएको आरएससिसी चेकीङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा बेवारिसे (बिना बिलको) कपडा बरामद गरेको हो ।
बरामद गरिएको कपडा जिल्ला प्रहरी कार्यालयमा राखिएको र भन्सार कार्यलयमा बुझाउनको लागी समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक साजन कुमार शर्माले नवलपुर टुडेलाई जानकारी दिएको छ ।





