वीरगन्जबाट लागुऔषधसहित तीन जना पक्राउ


वीरगन्ज, माघ २५ । प्रहरीले वीरगन्जबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका – २५ ड्राइपोर्ट चोक अगाडिको सडकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले लागुऔषध ढुवानीमा प्रयोग गरिएको प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा ट्रकका चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका – ९ का ४२ वर्षीय निर्मल पौडेल, सोही ठाउँका ४० वर्षीय रमेश थापा र २९ वर्षीय सुदर्शन खड्का छन् ।
उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ओनरेक्स १६६ बोत्तल र कोडिवेल ५७ बोत्तल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । प्रहरीले ट्रक रोकेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध २३३ बोत्तल फेला परेको हो ।
उक्त लागुऔषध र ट्रकसहित पक्राउ परेका तीनै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।





