बुटवल क्षेत्रमा भोलिदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने

नवलपुर टुडे
२०७९ माघ २५ | बिहान ११:१० बजे

बुटवल, माघ २५ । बुटवल क्षेत्रमा बिहिवारदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सार्वजनिक सूचना निकालेर बिहिवारदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।
कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका – १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २६ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुने महाशाखाले जनाएको छ।





