समाचार, समाज

    लागु पदार्थ ओसारपसार तथा दुर्ब्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०७९ माघ २४ | मध्यान्ह ०९:१० बजे

      खुरसेद हजाम
      नवलपरासी २४ माघ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ६ गूठी प्रसौनीमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेणी सामाजिक विकास मन्चकाे आयोजनामा र युनाईटेड मिसन टु नेपालको सहयोग तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ स्थित माउन्ट एभरेस्ट युवा क्लबको सहकार्यमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हाे ।

      क्लबका अध्यक्ष अमर यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अधिकारीले नयाँ पुस्ताका युवाहरु लागू पदार्थ जस्ता दुर्व्यसनकाे सिकार हुदै गएको बताए । छिमेकी देश भारतकाे सिमा पारिबाट लागू पदार्थ दुर्व्यसन जस्ता विभिन्न किसिमका नशालु पदार्थ नेपाल भित्र्याएर आफू र आफू मातहतका युवाहरुलाई समेत लागू पदार्थ सेवन गर्न बाध्य बनाएर युवाहरूलाई त्यस्ता गैरकानुनी कार्य र सेवनकाे सिकार समेत गराएको पाईएकाे छ । त्यस्ता दुर्व्यसनकाे सिकार हुनबाट युवाहरू लाई परिचालन गरि विभिन्न किसिमका सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत गराउन सहयोग पुर्‍याउने इन्द्रेणी सामाजिक विकास मन्च र युनाईटेड मिसन टु नेपाल तथा माउन्ट एभरेस्ट युवा क्लबका सम्पूर्ण सदस्य तथा सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

      उक्त कार्यक्रममा क्लब का ४७ सदस्यहरु, आयुर्वेदिक शाखा प्रमुख, दिन बन्धु मिश्र, गुठी प्रसौनी चौकी प्रमुख लगायत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सम्पन्न पस्चात क्लबका ४७ सदस्यहरु बाट लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना र्‍याली निकालिएकाे थिए । उक्त र्‍यालीमा लागू पदार्थ खान्छौ जानी नजानी शरीरमा गर्छ यसले हानी मुख नाराका साथ गूठी प्रसौनी गाउँमा र्‍याली निकालिएकाे थिए ।

      अतिथी माउन्ट एभरेस्ट युवा क्लब उपाध्यक्षले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र अरु कार्यक्रमहरुलाई पनि अभियानको रुपमा यहाँहरु संग सहकार्य गरी सञ्चालन गर्ने बताएका थिए ।

      received 594599115855176 1 received 589501802585690 received 2064254997118081 received 932010281129910

        कमेन्टहरु