शिक्षा

    त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

    नवलपुर टुडे
    २०७९ माघ २४ | बिहान ०८:१० बजे

      काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्नेगरी तालिका सार्वजनिक गरेको छ।

      परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन्।

      यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेकोमा विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए। त्यसपछि पूर्व निर्धारित मितिभन्दा मिति दुई दिनपछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ। 

      संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन्।

        कमेन्टहरु