कृष्णनगरबाट १ लाख ४८ हजार भन्दा बढीको अबैध गहुँ बरामद

नवलपुर टुडे
२०७९ माघ २३ | मध्यान्ह १०:१० बजे

कृष्णनगर, माघ २३ । कृष्णनगर प्रहरीले भारतबाट अवैध पैठारी भइरहेकाे गहुँ बरामद गरेकाे छ । कृष्णनगर नगरपालिका वडा १२ साेनबरसा हुँदै अवैध रुपमा भित्रिदै गरेकाे गहुँ आइतबार बिहान ५.३० बजे नेपाल प्रहरीकाे टाेलीले पक्राउ गरि कृष्णनगर भन्सार पठाएकाे इप्रका कृष्णनगरले जनाएकाे छ ।
सुराकीकाे आधारमा खटिएकाे प्रहरी निरिक्षक नवराज ढुंगानाकाे टाेलीले कुल ३० क्वीन्टल भारतीय गहुंँ बरामद गरि भन्सार कार्यालय पठाएकाे हो । बरामद गहुंँलाई कृष्णनगर भन्सार कार्यालयले कुल १ लाख ४८ हजार २२५ बराबरकाे कबाेल रकममा लिलाम गरेकाे छ ।





