देश

    पश्चिम नवलपरासीमा साईकल दुर्घटना हुदा साइकल यात्रीको मृत्यु

    नवलपुर टुडे
    २०७९ माघ २३ | मध्यान्ह १०:१० बजे

      नवलपरासी, माघ २३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ८ उनवचमा साइकल दुर्घटना हुदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा बर्दघाट नगरपालिका – १५ बेलडाँडा बस्ने ४९ बर्षको आस बहादुर गुरुङ रहेको छ । आइतबार साझ ५:१० बजे रामग्राम उनवचस्थित भित्री सडकखण्डमा पश्चिमबाट पुर्ब तर्फ साइकलमा जाँदै गर्दा अचानक साईकल अनियन्त्रित भई साइकल दुर्घटनामा परी घाईते भएको थियो । घाईतेको टाउकोमा गम्भीर चोट लागेको थियो ।

      घटना पश्चात जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.नि. धर्मराज खत्रीको कमाण्डमा ७ जनाको टोलीले घटनास्थलबाट उद्दार गरी उपचारको लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्‍याएको थियो । उनको उपचारको क्रममा साझ ५:२० बजे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका मिमित्त प्रमुख एवंम सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।

      मृतकले डोको र नाङ्लो बेच्ने काम गर्थ्यो । मृतकको परिवार सम्पर्कमा आईसकेको छ । शव अस्पतालमा राखेको छ । दुर्घटना के कसरी भयो भन्ने थप अनुसन्धान जारी रहेको पाण्डेयले बताए ।

        कमेन्टहरु