खेलकुद

    पाकिस्तानी क्रिकेटर रिजवान सन्दीपलाई भेटेर फर्किए

    नवलपुर टुडे
    २०७९ माघ २३ | मध्यान्ह ०२:१० बजे

      काठमाडौं । नेपाल भ्रमणमा आएका पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।  बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ । 

      यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका हुन् । यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेका थिए । 

      रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् । 

       

       

       

       

        कमेन्टहरु