मुस्ताङमा आगलागीबाट एक घर जलेर नष्ट

नवलपुर टुडे
२०७९ माघ २२ | मध्यान्ह ०७:१० बजे

जोमसोम, माघ २२ । मुस्ताङको थासाङ गाउँपालिका- ३ लेते कालोपानीस्थित एक घरमा आगलागी भएको छ । आइतबार दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट भई स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर आगोले जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । आगलागी भएको सूचना प्राप्त हुनासाथ सदरमुकाम जोमसोमबाट सुरक्षा निकायको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिहेको प्रहरी निरीक्षक तामाङले बताए ।
उनका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन । घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।





