देश

    बैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ २२ | मध्यान्ह ०३:१० बजे

      काठमाडौं, माघ २२ । प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका – ९ स्थायी घर भई हाल टोखा नगरपालिका -१० बस्‍ने ४० वर्षीय हरि बस्‍नेत र प्युठानको गौमुखी गाउँपालिका – ७ स्थायी घर भई हाल तारकेश्वर – ११ बस्‍ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।

      उनीहरुलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले तारेकेश्वर – ११ शेषमतीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

      उनीहरुले सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालि खोलेर ९ जना व्‍यक्तिहरुलाई जनही ५ लाख रुपैयाँ गरी ३१ लाख ९० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको पीडितहरुको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

        कमेन्टहरु