देश

    ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, चालक फरार

    नवलपुर टुडे
    २०७९ माघ २२ | बिहान १०:१० बजे

      बुटवल, माघ २२ । रुपन्देहीको सियारी गाउँपालिका–२ मा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सियारी–७ का ५० वर्षीय फुलचन्द्र गुप्ताको मृत्यु भएको हो ।

      हिजो बेलुका करिब ८ बजेतिर ना६ख ६७६६ नम्बरको ट्रकले गुप्तालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      ट्रकलाई नियन्त्रणमा लिई फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।

        कमेन्टहरु