देश

    नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणाको निधन

    नवलपुर टुडे
    २०७९ माघ २२ | बिहान ०८:१० बजे

      काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमशेर राणाको निधन भएको छ । ९५ वर्षको उमेरमा राणाको नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।

      उनलाई पार्किन्सनको समस्या रहेको र युरिया उच्च देखिएका कारण ४-५ दिन अगाडि अस्पताल भर्ना गरिएको उनका ज्वाइँ तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले बताए ।

      १४ वर्षमै मेट्रिक पास गरेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि राणा पहिलो गभर्नर बनेका हुन् ।

      २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कु गरेपछि उनको पद गएको थियो । राणाले सयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायमा काम गरेका छन् ।

        कमेन्टहरु