मधेश प्रदेश

    धनुषाका मिटरब्याजी शाह हतियारसहित पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ २१ | मध्यान्ह ०८:१० बजे

      जनकपुरधाम, माघ २१ । धनुषामा प्रहरीले हतियारसहित मिटरब्याजीलाई पक्राउ गरेको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका – १ का दिलिप साहलाई प्रहरी हतियारसहित पक्राउ परेको हो । 

      प्रहरीले उनकै घरबाट कपाली तमसुक, लालपुर्जा, खाली चेक र कटुवा पेस्तोल एक थान बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार राइफलमा लाग्ने चार थान गोली, म्यागनममा लाग्ने गोली एक थान र खोकामा लाग्ने एक थान गोली पनि बरामद भएको छ ।

      मिटरब्याज विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक कुमार राय नेतृत्वको टोलीले साहको घरमा खानतलासी गर्न पुग्दा साह र उनको श्रीमती ममतादेवी साहको नाममा राजीनामा फारमसहितको ३९ वटा लालपुर्जा, दिलिपको नाममा जग्गा रोक्का रहेको पाँचवटा फारम, रकम उल्लेख नभएर दस्तखत भएको सिटिजन बैंकको एक थान चेक, १५ वटा कपाली तमसुक र खाली कागजमा सहिछाप भएको ६ वटा पानालगायतका कागजातहरु बरामद भएको छ । 

      पक्राउ परेका दिलिप धनुषा प्रहरीको हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु