गण्डकी प्रदेश

    तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ६ जना घाइते

    नवलपुर टुडे
    २०७९ माघ २१ | मध्यान्ह ०७:१० बजे

      तनहुँ, माघ २१ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा बस दुर्घटना भएको छ । लम्जुङको बेशीसहरबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३९६३ नम्बरको मिनिबस आँबुखैरेनीको ऐनापहरास्थित सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । 

      उक्त दुर्घटनामा ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । बसमा ३२ जना यात्रु सवार रहेको र अन्यको अवस्था सामान्य रहेको छ । घाइते छ जनाको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

      शनिबार दिउँसो साँढे चार बजेतिर गुडिरहेको बस अनियन्त्रित एक्कासि भित्तामा ठोक्किन गएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

        कमेन्टहरु