राजनीति

    राप्रपा नेपालका उपाध्यक्ष लाक्पासहितका टोलीले पार्टी परित्याग गर्दै

    नवलपुर टुडे
    २०७९ माघ २१ | मध्यान्ह ०५:१० बजे

      काठमाडौँ, माघ २१ । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङले पार्टी परित्याग गर्दै छन् । तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

      यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए । तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए । तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ ।

      पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ ।

        कमेन्टहरु