देश

    दुम्किबासबाट लागुऔषधसहित दुईजना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ २१ | मध्यान्ह १२:१० बजे

      दुम्किबास, माघ २१ । नवलपुरको दुम्किबासबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा शुक्ला गण्डकी नगरपालिका – ३ दुलैगौडा तनहुँ बस्ने बर्ष २९ को अर्जुन बस्याल र सोही स्थानमा बस्ने बर्ष ३५ को विक्रम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

      उनीहरुलाई ईलाका प्रहरी कार्यालय दुम्किवासले शुक्रबार दिउँसो ३ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका – १ विनयी खोला पुलस्थित पूर्व पश्चिम राजमार्गमा यस ई.प्र.का.बाट प्र.नि.राम नारायण गुप्ताको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ग २० प ४३६० नम्वरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधस्शित पक्राउ गरिएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

      उनीको साथबाट डाइजेपाम-२६४ एम्पुल, नोफिन-२६१ एम्पुल, फेनेरागन- २६१ एम्पुल र स्कुटीसहित नियन्त्रणमा लिई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दुम्किवासमा राखिएको छ ।

        कमेन्टहरु