पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


पाल्पा, माघ २१ । पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु भएको छ । शनिबार बिहान ९ बजेतिर बगनासकाली गाउँपालिका -९ गुनठाडीस्थित तानसेन दर्लामडाडा सडकखण्ड अन्तर्गत भित्री पक्कि सडकमा दुर्घटना भएको हो ।
तानसेनबाट झिरु भञ्ज्याङतर्फ जादै गरेकाे लु २ त ९८८४ नम्बरको ट्याक्टरले साेहि दिशा तर्फ गइरहेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
उनका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका – १३ बस्ने १९ वर्षिय अभिषेक थापा र मिना थापा मिथुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पुर्याएकोमा डाक्टरले मृत घाेषणा गरेकाे हो ।
ठक्कर दिने ट्याक्टर चालक धादिङ राेराङ गाउँपालिका -९ का ३३ वर्षीय हरिलाल चेपाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





